सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय अभिनेता दिलीप कुमारको निधन

२०७८ साउन ५, ०६:०९ खबर संवाददाता

काठमाण्डौ – भारतीय वरिष्ठ अभिनेता दिलीप कुमारको  निधन भएको छ। केही दिनयता बिरामी परेका दिलीप कुमारको ९८ वर्षको उमेरमा बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

श्वासप्रश्वासमा समस्या भएपछि दिलीप कुमारलाई गएको जुन ६ तारिखमा अस्पताल भर्ना गरिएको थियो।

बलिउडका ‘ट्रयाजेडी किङ्ग’ भनेर चिनिने उनी पाँच दशकसम्म चलचित्र क्षेत्रमा सक्रिय थिए। उनको ‘देवदास’, ‘नयाँ दौर’, ‘राम और श्याम’ लगायत चलचित्रमा अभिनय गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस