सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा ‘बर्थ डे फरेष्टी’ अभियान

२०७८ साउन ४, ०४:४० खबर संवाददाता

बैतडीः बैतडीको सुर्नया गाउँपालिकालले ‘बर्थ डे फरेष्टी’ अभियानको सुरुवात गरेको छ। गाउँपालकाको कृषि साखाले हरेक कर्मचारी र जनप्रतिनिधिको जन्मदिनमा बृक्षारोपण गर्नेगरि ‘बर्थ डे फरेष्टी’ अभियान सञ्चालन गरेको हो।

आइतबार गाउँपालिकाका कृषि साखा प्रमुख नरेश बिष्टको जन्मदिनको अवसरमा उक्त अभियानको सुरुवात गरिएको छ। 

उक्त अभियान अन्तगत गाउँपालिका परिसरमा २सय बढी बोट बिरुवाहरु रोपिएको कृषि शाखा प्रमुख बिष्टले बताए। यो अभियान बर्षभरी नै सञ्चालन गरिने उनले बताए। 

ग्रीन सुर्नया, क्लीन सुर्नया र भिजिट सुर्नया भन्ने उदेश्यका साथ कृषि क्षेत्रमा काम गर्ने योजना अन्तरगत ‘बर्थ डे फरेष्टी’ अभियान चलाएको गाउँपालिका कृषि शाखाले जनाएको छ।

कमेन्ट लोड गर्नुस