सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीनमा ‘मंकी बी भाइरस’, एक डाक्टरको मृत्यु

२०७८ साउन ४, ०४:१६ खबर संवाददाता

एजेन्सी : चीनमा मंकी बी भाइरस संक्रमणबाट एक डाक्टरको मृत्यु भएको छ। बेइजिङमा जनावरका एक डाक्टरमा मंकी भाइरसबाट मृत्यु भएको बीबीसीले जनाएको छ। 

५३ वर्षीय ती चिकित्सक एक इन्स्टिच्युटमा नन–ह्यूमन प्राइमेट्समाथि अनुसन्धान गरिरहेका थिए। मार्च महिनामा उनले दुई मृत बाँदरमाथि शोध गरेका थिए र त्यसको एक महिनापछि नै उनलाई बान्ता हुन थालेको थियाे।

ती पशु चिकित्सकले थुप्रै अस्पतालमा उपचार गराए तर २७ मेमा उनको मृत्यु भयो। उनको सम्पर्कमा आएका मानिसहरु अहिले पूर्ण रुपमा सुरक्षित छन्।

यो भाइरसको पहिचान सन् १९३२ मा भएको थियो। यो भाइरस सिधा सम्पर्क र शरीरबाट निस्कने तरल पदार्थको आदान प्रदानबाट फैलन्छ। साधारणतया  यो भाइरस वयस्क मेकाक बाँदरबाट फैलन्छ। यसबाहेक रिसक मेकाक, सुँगुरको झैं पुच्छर भएका मेकाक र सिनोमोलगस बादर वा लामो पुच्छर भएको मेकाकबाट पनि यो भाइरस फैलन्छ।

मानिसमा, भाइरसको सम्पर्कमा आएको १ महिनाभित्र लक्षण देखिन थाल्छ। संक्रमण भएको ठाउँमा फोका आउनु, घाउ नजिकै दुख्नु, उक्त स्थान सुन्निनु, चिलाउनु, ज्वरो आउनु र २४ घण्टाभन्दा बढी समयसम्म टाउको दुख्नु यसका लक्षण हुन्। 

यदि तपाईंलाई कुनै बाँदरले टोकेको छ वा चिथोरेको छ भने ती बाँदर बी भाइरसका वाहक हुनसक्छन्। त्यस्तो स्थितिमा घाउ भएको स्थानमा साबुन र पानीले राम्रोसँग सफा गर्नुपर्छ। 

भाइरसको उपचारका लागि एन्टीभाइरल औषधीउपलब्ध छन् तर कुनै खोप उपलब्ध नभएको रिपोर्टले जनाएको छ।

यस भाइरसको पहिचान सन् १९३२ मा भएको थियो। मानिसमा मृत्युदर बढी गराउने हुने भएकाले चीन सरकारका लागि चिन्ताको विषय बनेको हुँदा सतर्क रहन आग्रह गरेको छ।

कमेन्ट लोड गर्नुस