ज्यानमारा बन्दै ६ लेन सडक
डाईभर्सनमा फेरी जीप खस्यो
निर्माणाधिन मोहनापुल–अत्तरिया ६ लेन सडकमा निर्माण भइरहेका डाईभर्सनमा ट्राफिक संकेतहरु नराखिदा दैनिकजसो दुर्घटना हुन थालेपछि सडक असुरक्षीत बन्दै गएको छ।
गएराति पनि ६ लेन सडक अन्र्तगत बोराडाँडीमा निर्माण भईरहेको डाईभर्सनमा जीप खसेको छ। धनगढीबाट अत्तरियातर्फ जादै गरेको बा १३ च २२६१ नम्बरको नीजि जीप डाईभर्सनमा खसेको हो। जीपमा एकजना चालक मात्र सवार रहेको भनिएपनि उनको नाम ठेगना र अवस्थाका बारेमा ट्राफिक प्रहरीले जानकारी नभएको जनाएको छ।
उक्त डाईभर्सनमा यसअघि चारवटा मोटरसाइकल खसिसकेका छन्। निर्माण व्यवसायी र सडक आयोजना कार्यालयको लापरवाहीले ६ लेन सडकमा निर्माण भइरहेका डाईभर्सन मान्छेको ज्यान लिने पासो बन्दै गएका हुन्।
निर्माण व्यवसायीले डाईभर्सनको चारैतीर रातीको समयमा टल्कने वस्तु वा कुनै खतराको चिह्न लगाउनुपर्ने हो तर कुनैपनि डाईभर्सनमा संकेत राखिएको छैन्।
६ लेन सडकमा बढिजसो रातिको समयमा दुर्घटना हुने गरेका छन्। निर्माण सुरु भएदेखी दुर्घटनामा परि धेरैले ज्यान गुमाईसकेका छन् भने धेरै घाईते पनि भएका छन्।