सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्दै

फाइल फोटो
फाइल फोटो
२०७८ साउन ४, ०७:०३ खबर संवाददाता

काठमाण्डौ – विश्वमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ।

कोरोना विरुद्धको खोप अभियान चलिरहकै बेलामा पनि सङ्क्रमित बढ्नुले चुनौती थपेको विश्लेषण गरिएको छ। पछिल्लो समय इण्डोनेशियामा सङ्क्रमण तीव्र  गतिमा फैलिएको छ। सङ्क्रमणका कारण स्वास्थ्यकर्मी बढी प्रभावित भएका छन्। त्यहाँ अहिलेसम्म कोरोनाका कारण ५ सय ४५ जना डाक्टरको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

इण्डोनेशिया सरकारले आफ्ना ९५ प्रतिशत स्वास्थ्यकर्मीलाई खोप लगाइसकेको दाबी गरेको छ। त्यहाँ गएको २४ घण्टामा ४४ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ। यस्तै, बेलायतमा पनि सङ्क्रमण फैलिन थालेको छ। गएको २४ घण्टामा बेलायतमा ५४ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ।

यस्तै थाइल्याण्डमा पनि सङ्क्रमण फैलिन थालेपछि स्वास्थ्यका मापदण्डमा कडाइ गर्दै लकडाउन थपिएको छ। यस्तै, बङ्गलादेशमा पनि सङ्क्रमण फैलिरहेको छ। कोरोनाको डेल्टा भेरियन्टका कारण चुनौती बढेको विज्ञले बताएका छन्।

कमेन्ट लोड गर्नुस