सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवालाई मोदीको बधाई

२०७८ साउन ४, ०५:४४ खबर संवाददाता

काठमाण्डौः प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्। 

मोदीले ट्वीटमार्फत बधाई दिँदै प्रधानमन्त्री देउवाको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। 

साथै मोदीले देउवाको कार्यकालमा दुई देशबीचका विशिष्ट सम्बन्ध थप सुधार हुनुका साथै नागरिकबीचको सम्बन्ध थप गहिराइमा पुग्ने विश्वास व्यक्त गरे। 

देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत पाएपछि मोदीको बधाई र शुभकामना आएको हो।
 

कमेन्ट लोड गर्नुस