सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा अवैध भन्सार छलीका सामान बरामद

२०७८ साउन ३, ०५:४८ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा सशस्त्र प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत खटिएको मोबाइल तथा पैदल गस्ती टोलीले ५६ हजार ८ सय ६८ बराबरको अवैध समान बरामद गरेको हो। 

कपडा, सुर्ती, औषधी, चिनी, युरिया मल, सोडा, घाँसको बिऊ र हार्डवयरका सामान बरामद गरी आवश्यक कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी तथा त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाएको गणले जनाएको छ।

कमेन्ट लोड गर्नुस