सुदूर नेपाललाई विश्वसँग जोड्दै

सार्वजनीक विदामा पास नलिई गाडी चलाउने जनप्रतिनिधि प्रहरीको फन्दामा

प्रहरीले विभेद गरेको गुनासो 

२०७५ कार्तिक २१, ०७:३३ जनक विष्ट

सार्वजनीक विदामा स्थानीय प्रशासनबाट पास नलिएरै सरकारी सवारीसाधन चलाएपछि जनप्रतिनिधी ट्राफिक प्रहरीको फन्दामा परेका छन्। विदामा पास नलिएरै सरकारी सवारी चालाएपछि स्थानीय तहका जननप्रतिनिधि ट्राफिक प्रहरीको फन्दामा परेका हुन्। सरकारी सवारी  चलाएपछि कृष्णपुर नगरपालिकाका मेयर कर्ण बहादुर हमाल र गौरीगंगा नगरपालिकाकी उपमेयर अञ्चला चौधरी प्रहरीको फन्दामा परेका हन्।

दुवैजना कृष्णपुरका मेयर हमालको गाडीमा सवार रहेका बेला ट्राफीक प्रहरीले गोदावरी नगरपालिकाको गेटामा रोकेको हो। जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक विदाको दिन पास नलिएर सरकारी गाडी चलाए रोक्न भन्ने निर्देशन दिएकाले गाडी रोको ट्राफीक प्रहरीले जनाएको छ। तर जनप्रतिनिधिहरुले विदामा पास लिएर मात्र सार्वजनीक सवारी साधन चलाउन पर्ने नियमको बारेमा जानकार भएपनि झण्डै १५ महिनाको अवधीमा एक पटक पनि चेकजाँच नभएको बताएका छन्।

गौरीगंगा नगरपालिकाकी उपमेयर अञ्चला चौधरीले प्रदेशका मन्त्रीलाई विना पास सवारी साधन चलाउन पाउने र आफूहरुले नपाउने भन्दै विभेद गरेको बताईन्। यता कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले भने सार्वजनिक विदाको दिन सरकारी गाडी चलाउँदा अनिवार्य रुपमा पास लिनुपर्ने प्रावधान रहेको बताए। उनले मन्त्रीहरुका लागि भने उक्त नियम बाध्यकारी नभएको जनाए। झण्डै एक घण्टा गाडी रोकीएपनि अहिले ट्राफीक प्रहरीले गाडी छोडीसकेको छ। 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस