सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेविसंघ सिटिइभिटी बझाङ जिल्ला अध्यक्षमा अधिकारी

२०७८ साउन ३, ०१:३६ खबर संवाददाता

बझाङ: नेपाल विद्यार्थी संघ सिटिइभिटी बझाङ जिल्ला अध्यक्षमा सुरेश अधिकारीलाई नियुक्ति गरिएको छ। नेविसंघ सिटीइभिटी केन्द्रीय समन्वय समितिका कार्यवाहक अध्यक्ष निराजन खड़काको सभापतित्वमा बसेको बैठकले अधिकारीलाई अध्यक्षमा नियुक्ति गरेको हो। 

आइतबार बैठकमा संघका पूर्व केन्द्रिय सदस्य तपेन्द्र भुसाल, नि. केन्द्रिय सदस्य सुमन केसि, नेविसंघ जिल्ला का.बा अध्यक्ष भेश बम, बिश्व हिन्दु युवा संघ का सुदूरपश्चिम प्रदेश संयोजक सम्राट सिंह ठकुरी, उद्योगवाणिज्य महासंघका सदस्य लोकराज भट्ट, तरुण दल बझाङ्ग जिल्ला सदस्य लोकेन्द्र सिंह लगायतको उपस्थिति रहेको थियो।

समितिको विधान अनुसार क्षमता, संघर्ष र समग्र संगठन प्रतिको योगदानको उच्च मुल्यांकन गरेर अधिकारीलाई नियुक्ति गरिएको खड्काले जानकारी गराए।

त्यसैगरी नेविसंघ सिटिइभिटी बाजुरा जिल्ला अध्यक्षमा नभराज खत्री र बैतडी जिल्ला अध्यक्षको तेज राज भट्टलाई जिम्मेवारी प्रदान गरिएको छ।
 

कमेन्ट लोड गर्नुस