सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ-सिलगढी जोड्ने सडक पहिरोले अवरुद्ध

२०७८ साउन ३, १२:४१ खबर संवाददाता

धनगढी : लगातारको वर्षाका कारण जिल्ला सदरमुकाम सिलगढी कलेना, मछिन्तोला, दल्लेक, मेल्लेक हुँदै बझाङ जोड्ने सडक अवरुद्ध भएको छ। उक्त सडकअन्तर्गत सिलगढीको चिसापानी भन्ने ठाउँमा सडक माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएको हो।

सडक अवरुद्ध भएपछि यातायात सञ्चालन र आवतजावतमा समस्या भएको छ। अवरुद्ध सडक सञ्चालनका लागि कुनै पनि निकायबाट पहल नभएको भन्दै यहाँका नागरिक आक्रोशित बनेका छन्। 

सडक अवरुद्ध भएपछि यातायात सञ्चालन गर्न समस्या हुनुका साथै नागरिकलाई जिल्ला सदरमुकाम सिलगढी आवतजावतमा समस्या भएको छ। पहिराले सडक अवरुद्ध गरेपछि बिरामीलाई जिल्ला अस्पताल लैजानदेखि गाउँमा अत्यावश्यक सामग्री ढुवानी गर्न समेत समस्या भएको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका मानबहादुर साउदले जानकारी दिए ।

 

कमेन्ट लोड गर्नुस