सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाँकेमा आजदेखि भेरोसेल खोप सुरु

२०७८ साउन ३, ०५:५४ रासस

कोहलपुर: बाँकेमा आइतबारदेखि ५ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाइने भएको छ। 

सरकारले निर्धारण गरेको लक्षित समूहलाई भेरोसेलको पहिलो मात्रा दिन लागिएको जनाइएको छ। बाँके जिल्लाको नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा आइतबारदेखि खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले बताए। 

स्वास्थ्य कार्यालयले सूचना जारी गर्दै नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिकामा भने यही साउन १० देखि १२ गतेसम्म खोपको पहिलो मात्रा दिइने जनाएको छ।

कमेन्ट लोड गर्नुस