सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाडीको ठक्करबाट घाइते भएका चौपायाको उपचार गर्दै कञ्चनपुरको ‘आई केयर यू’

२०७८ साउन २, ०३:५४ खबर संवाददाता

धनगढीः कञ्चनपुरको ‘आई केयर यू' युवा समुहले छाडा चौपायाहरुको उपचारमा जुटेको छ। सवारी साधनको ठक्करबाट घाइते भएका छाडा चौपायाहरुको उपचारमा जुटेको हो।

बिहीबार पनि गाडीको ठक्करबाट घाइते एक गाईको उपचार आई केयर यूका युवाहरुले गरीरहेका थिए। सवारी चालकहरुले ध्यान नै नदिइ तिब्र गतीमा सवारी गुडाउँदा धेरै चौपाया मर्ने गरेको र घाइते भई अपागं हुने गरेको आई केयर यू कञ्चनपुरका संयोजक विष्णु पनेरुले बताए। उनले पछिल्लो समय सडकमा धेरै गाईहरु आउन थालेपछि दुर्घटनाको जोखीम पनि बढेको बताए। 

‘जनावरहरुलाई धेरै समस्या हुन थालेपछि हामीले सडक दुर्घटनामा परेर अगंभगं भएका जनावरहरुको उपचारका गर्ने उद्ेश्यले समूह स्थापना गरेका हौं’ उनले भने, ‘केहीदिन यता धेरै चौपायाहरु सडकमा आउन थाले, यसले दुर्घटना हुनेगरेका छन्।’ 

उनले सवारी चालकको लापरबाहीले पनि दुर्घटना हुने गरेको बताए। ‘ठुला सवारीका चालकहरुले ध्यान नदिइ तिब्र गतिमा हाँक्दा दुर्घटना हुने गरेका छन्’ उनले भने। 

जनावरको समस्यालाई मध्यनजर गर्दै २ वर्ष अघि स्थापना गरिएको सो समुहले अहिलेसम्म ५ सय बढी जनावरको उपचार गरिसकेको छ। 

यस्तै बेदकोट नगरपालिकाले गौशाला निर्माण गरेको भएपनि आहारा समेत नभएको उनले गुनासो गरे। ‘नगरपालिका अगाडि नै सवारी साधनको ठक्करबाट कति गाईहरु मर्छन तर सरकारको ध्यान भने जानसकेको छैन’ विष्णुले गुनासो गरे।  

कमेन्ट लोड गर्नुस