बझाङमा सामाजिक सुरक्षा भत्ताको रकम चोरी प्रकरण : वडा सचिव र प्राविधिक सहायक नै पक्राउ
बझाङः बझाङमा सामाजिक सुरक्षा भत्ताको रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले शनिबार बुङ्गल नगरपालिका ९ र ११ को कार्यालय सचिव सचिव उपेन्द्र महतो र प्राविधिक सहायक खडक बहादुर सिँहलाई पक्राउ गरेको हो।
दुवै जनाको मिलोमतोमा रकम चोरीएको आशंकामा पक्राउ गरिएको जिल्ला प्रहरी बझाङका डिएसपी रुपक खड्काले दिनेश खबरलाई बताए।
सामाजिक सुरक्षा भत्ता बापतको रकम वडा सचिवको कोठाबाटै चोरी भएको थियो। सचिव उपेन्द्र महतोको कोठाबाट ३९ लाख रकम २९ गते राति चोरी भएको थियो।
प्रहरीले धटनाको थप अनुसन्धान भईरहेको जनाएको छ।