सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा मृत फेला परेकी महिलाको अझै पहिचान हुन सकेन

२०७८ साउन २, ०२:४५ खबर संवाददाता

धनगढीः अछाममा मृत फेला परेकी महिलाको अझै पहिचान हुन सकेको छैन। 

जिल्लाको चौरपाटी गाउँपालिका–४ चित्रेमा असार ३१ गते मृत फेला परेकी महिलाको पहिचान हुन नसकेको हो। 

चित्रेस्थित बुढीगंगा नदीको किनारमा महिलाको शव फेला परेको थियो। सबैतिर जानकारी गराउँदापनि कतैबाट खबर नआएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। 

उक्त शव अहिले जिल्ला अस्पताल अछाममा राखिएको छ।
 

कमेन्ट लोड गर्नुस