सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा पहिरोले सडक अवरुद्ध, स्थानीयलाई सास्ती

२०७८ साउन २, ०१:१८ खबर संवाददाता

अछाम: अछामको जयगढ – मेल्लेख जोड्ने ग्रामीण सडक अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण सडकको ठाउँ ठाउँमा पहिरो र ढुङ्गा खस्दा ग्रामीण सडक अवरुद्ध बनेको हो। उक्त सडक मर्मतका लागि गाउँपालिकाले चासो नराख्दा स्थानीयलाई सास्ती भएको छ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ धारा सैन लगायत मेल्लेख गाउँपालिकाको नन्दे गडा लगायतका ठाउँमा सडकको अवरुद्ध भएको हो। यस्तै भडासैन टोलका ४ घरसमेत पहिरोको उच्च जोखिममा परेका हुन्।
यता गाउँपालिकाले भने सडक सन्चालनका लागि पहल भईरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस