सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भेटियो ८ फिटको अजिङ्गर

२०७८ साउन २, १२:१८ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा लोपोन्मुख जातको अजिङ्गर फेला परेको छ। जिल्लाको भीमदत्त नगरपालिका–१५ तल्लो गोबरियामा ८ फिट लामो अजिङ्गर फेला परेको हो। 

स्थानीय हरिप्रसाद भट्टको खरायोको खोरभिर उक्त अजिङ्गर परेको बताइएको छ। अजिङ्गरले खोरमा रहेका ३ वटा ठुला खरायो र बाँकी ७ वटा साना खरायोलाई खाएको हरिप्रसादले बताए। 

फेला परेको अजिङ्गरलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइने उनले बताए। 

कमेन्ट लोड गर्नुस