सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा बलात्कार गरी फरार रहेका युवक पक्राउ

२०७८ साउन २, १०:५१ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुर प्रहरीले जबरजस्ती करणीमा मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको कृष्णपुर नगरपालिका–९ बस्ने बिष्णु राना रहेका छन्। 

उनलाई जिल्ला अदालतले २०७७ मंसीर २४ गते १ वर्ष कैद र एक लाख जरिवानाको सजाय सुनाएको थियो। 

त्यसपछि फरार सूचिमा रहेका उनलाई पक्राउ गरी अदालतमा पेश गरेकोमा अदालतले कैद भुक्तानका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

कमेन्ट लोड गर्नुस