सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला अस्पतालले कुपोषित बालकको उपचारका लागि डडेल्धुरा पठायो

२०७८ साउन २, ०८:११ खबर संवाददाता

धनगढी: दार्चुला अस्पतालले एक कुपोषित बालकको थप उपचारका लागि डडेल्धुरा पठाएको छ।

एक सातादेखि जिल्ला अस्पतालमा उपचार गराइरहेका शैल्यशिखर नगरपालिका २ का ती बालकलाई डडेल्धुरा अस्पताल पठाइएको हो। गत वैशाख ७ गते गोकुलेश्वर अस्पतालमा जन्मिएका ती बालककी आमाको जन्मिएको केही समयमा नै मृत्यु भएको थियो। ३ किलो तौलका जन्मिएका ती बालकको तौल घट्दै गएको बताइएको छ।

जिल्लामा झण्डै १ हजार ३ सयको संख्यामा कुपोषित बालबालिका रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ। त्यस्तै जिल्लाका ११ वटा स्वास्थ्य संस्थामामार्फत जेड स्कोर निकालेर कुपोषित बाल बालिका पत्ता लगाइरहेको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस