सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी जिल्ला अस्पतालको एम्बुलेन्स बाटोमै अलपत्र

फोटो : पत्रकार पवन महराको फेसबुकबाट
फोटो : पत्रकार पवन महराको फेसबुकबाट
२०७८ साउन १, ०८:०३ खबर संवाददाता

धनगढी : डोटी जिल्ला अस्पतालको एम्बुलेन्स बाटोमै थन्किएको छ। बिरामी बोकेर असार २५ गते कैलालीको धनगढी जाँदा बिग्रिएको डोटी जिल्ला अस्पतालको एम्बुलेन्स बाटोमै अलपत्र परेको हो। 

अस्पतालका कर्मचारी बिरामी भएपछि थप उपचारका लागि धनगढी लैजाने क्रममा उक्त एम्बुलेन्स डडेल्धुराको साहुखर्कमा बिग्रिएको थियो।

एम्बुलेन्स बिग्रेपछि चालकले निजी कार बोलाएर बिरामीलाई धनगढी पु¥याएका थिए। चालक डम्बर पाली बिरामीलाई धनगढी पु¥याएर डोटी पुगिसकेका छन् तर एम्बुलेन्स बाटोमै अलपत्र अवस्थामा छ। 

नेपाल भारत मैत्री संघले उपलव्ध गराएको से १ झ २१० नम्बरको उक्त एम्बुलेन्स थन्किँदा पनि सम्बन्धित निकायले मर्मतका लागि पहल गरेको छैन। बेवारिसे अवस्थामा छोडिएको एम्बुलेन्सका अन्य पाटपूर्जा पनि चोरी हुन सक्ने स्थानीय बताउँछन्।
 

कमेन्ट लोड गर्नुस