सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङलाई विद्युतको राष्ट्रिय प्रसारण लाइनसँग जोड्ने योजना दशकपछि सफल

२०७५ कार्तिक २०, ०५:४६

बझाङ जिल्लालाई विद्युतको राष्ट्रिय प्रसारण लाइनसंग जोड्ने योजना दशक पछि सफल भएको छ । आर्थिक बर्ष २०६४÷०६५ सालदेखि नै बझाङ जिल्लालाई राष्ट्रिय प्रशारण लाईनमा जोड्ने योजनाको सुरुवात गरिएपनि बल्ल आएर बझाङ जिल्ला राष्ट्रिय प्रशारण लाईनमा जोडिएको हो। राष्ट्रिय प्रशारण लाईनसंग जोडिएसंगै लामो समयदेखि समस्यामा पर्दै आएका बझाङबासीहरु खुसी भएका छन्। हाल लाई अस्थायी रुपमा विद्युत सेवा आपुर्ति गर्नका लागि चैनपुरमा दुई वटा ट्रान्सफर्मर जडान गरी मंगलबारदेखि विद्युत सेवा सञ्चालन गरिएको हो विद्युतीकरणको काम बझाङ जिल्ला भित्र सम्पन्न भईसकेको विद्युतीकरणको जिम्मा पाएको नरेन्द्र दावा जेभी निर्माण सेवाका प्राविधीक महेश जोशीले बताए ।

आजबाट सदरमुकाम र आसपासका गाउ“का करिब पाच हजार घरपरिवारले राष्ट्रिय प्रशारण लाईनको विद्युत बाल्न पाएका छन्। खप्तड छान्ना गाउपालिकाका बाहेक जिल्लाका अन्य ११ वटा स्थानिय तहमा पनि लाईन विस्तार गर्ने कार्य भईरहेको छ। राष्ट्रिय प्रशारण लाईन वितरण गर्नका लागि केदारस्यु गाउपालिकाको बागथला र जयपृथ्वी नगरपालिकाको सेलाखेतमा सब स्टेसन निमार्णको काम पनि तिब्र रुपमा भईरहेको र यस बर्षको अन्तिमसम्म निर्माण सम्पन्न हुने निर्माण कम्पनीहरुले जनाएका छन। 

बझाङ सदरमुकाम र आसपासका गाउहरुलाई विद्युत सेवा उपलब्ध गराउदै आएको नेपाल विद्युत प्राधिकरणको सुर्मा देवी साना जलविद्युत आयोजना पटक पटक विग्रन थालेपछि जिल्लावासी समस्यामा परेका थिए। विद्युत नियमित भएपछि यसले शिक्षा, स्वास्थ्यदेखि अन्य सवै क्षेत्रमा पनि सहजता आउने सत्यवादी उच्च माविका शिक्षक इश्वरनाथ जोशीले बताए । जिल्ला राष्ट्रिय प्रशारण लाईनमा जोडिएको खवरले सबै भन्दा बढी उद्योगी व्यवसायीहरुमा उत्साह छाएको छ। विद्युतीय उपकरण सञ्चालन गर्दा महिना दिनमै करोड बढीको ईन्धन खर्च गर्नुपर्ने बाध्यता हट्ने विश्वास पनि गरिएको छ। राष्ट्रिय प्रशारण लाईन विस्तार सँगै नेपाल विद्युत प्राधिकरणले बझाङमा कार्यालय स्थापनाको काम सुरु गरेको छ। ७ जना कर्मचारीहरु कार्यालय स्थापनाको लागि भनेर खटाई सकेको नेपाल विद्युत प्राधिकरण क्षेत्रिय कार्यालय अत्तरियाका निर्देशक तारानाथ शर्माले बताउनुभयो। विद्युत प्रशारण नियमित भए सँगै वितरण केन्द्रको कार्यालय पनि सुचारु हुने उनले बताए । 

 
 

कमेन्ट लोड गर्नुस