सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबुलाई जन्मकैद

फाइल फोटो
फाइल फोटो
२०७८ साउन १, ०५:०६ खबर संवाददाता

बाजुरा: बाजुरामा छोरीलाई बलात्कार गर्ने ६७ वर्षीय पुरुषलाई जन्मकैदको कारबाही गरिने भएको छ। बाजुराको बुढिगँगा नगरपालिकाका उनलाई जिल्ला अदालत बाजुराले जन्मकैद फैसला सुनाएको हो। आफ्नै छोरीलाई बलात्कार र हाडनाताकरणीको मुद्धा अन्तर्गत जन्मकैद फैसला सुनाईएको बाजुरा जिल्ला अदालतले जनाएको छ। उनले आफ्नै छोरीमाथि बलात्कार गरेका हुन्।

१४ बर्षिय छोरीलाई जबरजस्तिकरणी र हाडनाताकरणी गरेको भन्दै मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) र २१९ (२) बमोजिम जन्मकैद अर्थात २५ बर्ष कदै र ५० हजार नगद जरिवान तोकेको छ। बाजुरा जिल्ला अदालतले साउन ३१ गते फैसला गरेको हो।

जिल्ला अदालत बाजुुरामा २०७७ साउन २२ गते बलात्कार र हाडनाताकरणी अन्र्तगत मुद्धा दर्ता भएको थियो। बुवाले छोरीलाई बलत्कार पछि गर्भ रहेको खुलाशा भएपछि घटना बाहिर आएको हो।
पिडित बालिकाले घरमा कोही नभएको बेला आफुमाथि करणी गरेको वयान दिएकी थिईन्।


 

कमेन्ट लोड गर्नुस