सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटकको आगमन वृद्धि

। फोटो स्रोत ।
२०७५ कार्तिक २०, ०४:४३ खबर संवाददाता

रसुवाको पर्यटकीय क्षेत्र लाङटाङको भ्रमण गर्ने पर्यटकको संख्या क्रमशः वृद्धि हुन थालेको छ। स्थानीय पर्यटन व्यवसायी ढिण्डुप तामाङका अनुसार हिजोआज दैनिकरुपले पर्यटकीय मार्गमा स्वदेशी २० र विदेशी ६० पर्यटक आवतजावत गर्न थालेकाले अहिले हिमाली क्षेत्रको रौनक बढेको छ। भूकम्पपछिको आवास पुनःनिर्माणअन्तर्गत नयाँ बनेका संरचनाको होटल तथा लज बढेको र समुद्री सतहदेखि तीन हजार ९ सय मिटरको उचाइ क्याङजेन पहाडलाई केन्द्र बनाएर पर्यटकले अल्का हिमशृङ्खला अवलोकन गर्न थालेको पर्यटन व्यवसायीहरूले बताए। 
रासस
 
 

कमेन्ट लोड गर्नुस