सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाँउमा पुरुष नहुँदा विकास निर्माणमा महिला

२०७५ कार्तिक २०, ०४:४१ प्रकाश सिंह

बडिमालिका नगरपालिका– ४ ओलेनमा गाँउमा पुरुष नहुँदा विकास निर्माणको काममा महिला सहभागिता भएका छन् । गाँउदेखि लेकजाने बाटो निर्माणमा महिलाहरु आफै लागेका छन् । वडा सदस्य तुल्सी नाथले भनिन्– पुरुष पैसा कमाउन भारत गएका छन्, कडा काम समेत महिलाहरु गर्ने गरेका छन । अहिले विकास निर्माणको सबै काम महिलाको जिम्मा रहेको छ– उनले थपिन् । 

बडिमालिका नगरपालिका–८ मार्तडीमा पनि गाँउमा विकास निर्माणका काम र सामाजिक काममा महिला नै सक्रिय छन् । बडिमालिका नगरपालिका उपप्रमुख कविता विष्टले भनिन्,– पुरुष सबै पैसा कमाउन भारत तिर जान्छन्, विकास निर्माणको काममा महिला मात्रै आउने गरेका छन् । स्वार्मीकार्तिक गाँउपालिका– १ साप्पाटामा गाँउमा बृद्ध, महिला र वालवालिकामा मात्र रहेका छन् । स्थानीय शिक्षक मनबहादुर रोकायाले भने– गाँउमा मलामी समेत भेटन समस्या भएको छ, सबै भारततिर पसेका छन्, कोही मर्दा पनि अब महिलाले मलामी हुनु पर्ने अबस्था रहेको छ । 

पुरुष जति सबै भारत हिडेपछि गाँउ नै पुरुष विहीन बन्दै गएका छन् । गाँउका केही विकास निर्माण काम परेपछि सबै महिलाको जिम्मा रहेको ताजाकोट मैला गाँउपालिका अध्यक्ष बागदल मल्लले वताए । चार बर्ष देखिको लामो खडेरी कारण बाजुराको उत्तरी क्षेत्रका–४ वटा स्थानीय निकाय, हुम्लाको श्रीनगर भेगका २ वटा गाँउपालिका र मुगुको श्रीकोट भेगका धेरै गाँउ पुरुष विहीन बन्दै गएको बाजुराको हिमाली गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताए । ठूलो संख्यामा स्थानीय वासिन्दा खाद्य संकट टार्न रोजगारीको खोजीमा भारत पसेका छन् । खाद्य संकटले गाजेपछि विद्यालय जाने र काम गर्न सक्ने उमेर समूहका बालबालिका समेत विद्यालय छोडेर कामका लागि भारत छिरेका छन् । कतिपय घरधुरीका सपरिवार नै विस्थापित भएका छन् ।
    
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस