सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा पहिरोमा पुरिएर बेपत्ता भएकी महिला मृत फेला

२०७८ असार ३१, ०६:२२ खबर संवाददाता

दार्चुला: दार्चुलाको व्यास गाउँपालिकामा पहिरोमा पुरिएर एक महिलाको ज्यान गएको छ। व्यास गाउँपालिका–३ तुसरपानीमा खसेको पहिरोमा पुरिएर व्यास गाउँपालिका–२ राप्ला घर भएकी ५० वर्षीया बेलमती बुढाथोकीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र चन्दले जानकारी दिए  

पहिरोमा परेर विहिबार विहान ९ बजे बेपत्ता भएकी बुढाथोकीको शव फेला परेको हो। तुसरपानी पहिरोमा परी सोहि ठाउँका रायमती बुढाथोकी घाइते भएकी छन्।

व्यास गाउँपालिका–२ राप्लाबाट गाउँपालिकाको केन्द्र सुन्सेरा आउने क्रममा विहिबार बिहान ९ बजेतिर तुसरपानीमा खसेको पहिरोमा घाइते बुढाथोकीको दाहिने खुट्टामा चोट लागेको प्रहरी निरीक्षक चन्दले बताए।

कमेन्ट लोड गर्नुस