सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ

२०७८ असार ३१, ०६:०६ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुर प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ। 

जिल्लाको बेल्डाडी गाउँपालिका–२ चवन्नी खल्लाबाट बेदकोट नगरपालिका–२ छेला बस्ने २१ वर्षीय बिजय चौधरी र १९ वर्षीय अजय चौधरी पक्राउ परेका हुन्। 

उनीहरुको साथबाट ३ ग्रांम ७४० मिलीग्राम लागुऔषध खैरोहिरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए। 

पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको उनले बताए। 

कमेन्ट लोड गर्नुस