सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका बस्तीमा मोहना नदीको बाढी पस्यो

२०७८ असार ३१, ०१:११ खबर संवाददाता

कञ्चनपुर: मोहना नदीमा आएको बाढीका कारण कञ्चनपुरका बस्ती प्रभावित बनेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ७, ८, र ९ का बस्तीमा मोहना नदीको पानी पसेको स्थानीयले बताएका छन्। 

बाढीको पानीले वडा नम्बर ७ को शान्तीपुर खल्लाका करिब ३० घरहरु डुबानमा परेका छन्। यस्तै वडा नम्बर ८ मजगाउ झोलुङ्गे पुल नजिकका ५ वटा पसलभित्र बाढी पसेर सामान नष्ट भएको छ।

मोहना नदीमा जलस्तर बढीरहेकाले सर्तकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। 

कमेन्ट लोड गर्नुस