सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा निषेधाज्ञा हट्ने

२०७८ असार ३१, ११:४१ खबर संवाददाता

धनगढी: दार्चुलामा निषेधाज्ञा हट्ने भएको छ। जिल्ला कोभिड–१९व्यवस्थापन समितिको बुधवार बसेको बैठकले जारी निषेधाज्ञा हटाउने निर्णय गरेको हो।

यसअघि जारी गरिएको निषेधाज्ञा बिहीबार (आज) सकिँदै छ। जनजीवन सामान्य बनाउनका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी निषेधाज्ञा खोल्न लागिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। बैठकले कुनै स्थानीय तहमा कोरोना भाइरसको संक्रमण देखापरे सो स्थानीय तहले आफै निषेधाज्ञा लगाउन सक्ने निर्णय गरेको छ।

त्यस्तै शैक्षिक संस्थाहरु विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रका हकमा भने अर्को व्यस्था नभएसम्मका लागि बन्द रहने बताइएको छ।  भारतसङ्ग सीमा जोडिएका झोलुङ्गे पुल स्थानीय तहले एन्टिजेन परीक्षण गर्ने प्रतिबद्धता गरे मात्रै खोल्न सकिने जनाइएको छ। जिल्लामा गत वैशाख २५ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो। 


 

कमेन्ट लोड गर्नुस