सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ

२०७८ असार ३०, ०९:५१

कञ्चनपुर: कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत खटिएको टोलीले २ जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर २ छेला बस्ने २१ वर्षीया विजय चौधरी र सोहि ठाउँका १९ वर्षीया अजय चौधरी रहेका छन्। 

उनीहरुको साथबाट खैरो हिरोईन ३.७४० ग्राम बरामद गरीएको हो। आवश्यक कानुनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बेलडाडीमा बुझाएको गणले जनाएको छ। 

कमेन्ट लोड गर्नुस