सुदूर नेपाललाई विश्वसँग जोड्दै

अखाद्य र म्याद नाघेका वस्तु बिक्री

२०७८ असार ३०, ०७:२४ रासस

भक्तपुर: भक्तपुर नगरपालिकाले खाद्य पसल अनुगमन गर्दा अधिकांश पसलमा म्याद गुज्रेका अखाद्य पदार्थ बिक्रीमा राखेको पाइएको छ।  

नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराका नेतृत्वमा आज लिवाली क्षेत्रमा भएको अनुगमनमा अधिकांश पसलमा खाद्य अनुज्ञापत्र नलिई र प्याकेजिङ सामानमा विवरण नराखी बिक्री गरिएको पाइएको छ। हातले विवरण लेखिएको र म्याद नाघेको सामान जफत गरी नष्ट गरिएको छ।

शर्मिला किराना पसल, आयान किराना पसल, नवीन स्टोर, लिवाली खाद्यान्न स्टोर, लबजू किराना पसल, आशगोपाल किराना पसललगायत खाद्य सामग्री पसलको अनुगमन गरिएको थियो। अनुगमनमा मूल्यसूची नराख्ने, खरीद बिल र बिक्री बिल लिनेदिने  नगरिएको,  तराजु नवीकरण नगरिएको, म्याद गुज्रेका सामान बिक्री गरिएको पाइएको छ। 
 

कमेन्ट लोड गर्नुस