सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा बालबालिकालाई स्व–अध्ययन सामग्री वितरण

२०७८ असार ३०, ०६:५० खबर संवाददाता

डोटी: डोटीमा बालबालिकालाई स्व–अध्ययन सामग्री वितरण गरिएको छ। सामुदायिक विकास केन्द्र डोटी र वल्र्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा एक हजार ९१ जना बालबालिकालाई स्व–अध्ययन सामग्री वितरण गरको हो।
      
जिल्लाका ३ स्थानीय तहका बाल विकास देखि कक्षा ५ सम्मका बालबालिकालाई  उक्त सामग्री वितरण गरिएको परियोजना संयोजक टंक जोशीले बताए। पुर्विचौकि गाँउपालिका, सायल गाँयपालिका र आर्दश गाँउपालिकामा सामग्री वितरण गरिएको हो।

कोभिडका कारण  विद्यालय बन्द रहेकोले  विद्यार्थीले नयाँ पाठ्यपुस्तक पनि नपाएको समयमा उनीहरुको सिकाई निरन्तरका लागी उक्त सामग्री वितरण गरिएको जोशीले बताए। साथै डोटी जिल्लाका अन्य क्षेत्रमा पनि सामग्री वितरण गर्ने योजना रहेको उनले बताए।


 

कमेन्ट लोड गर्नुस