सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा फेरि लम्बाइयो निषेधाज्ञा

२०७८ असार ३०, ०५:३८ खबर संवाददाता

बैतडी: बैतडीमा जारी निषेधाज्ञालाई साउन १५ गतेसम्म निरन्तरता दिने निर्णय भएको छ। कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा अगामी साउन १५ सम्म निरन्तरता दिने निर्णय भएको हो।

असार १५ देखि खुकुलो पार्दै असार ३१ गते १२ बजे रातिसम्म कायम गरिएको निषेधाज्ञा जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले साउन १५ सम्म निरन्तरता दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचाना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। 

कोभिड संक्रमण घट्दो क्रममा रहेकाले जनस्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गर्ने गरी जारी निषेधाज्ञालाई सरलिकरण गरेर साउन १५ सम्म कायम गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। 

यो अवधिमा सबै सेवा सुचारु हुने बताउँदै प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्य पालना गर्नुेपर्ने बताए। 

कमेन्ट लोड गर्नुस