सुदूर नेपाललाई विश्वसँग जोड्दै

कसले लगाउनु हुँदैन कोरोनाविरुद्धको खोप ?

२०७८ असार ३०, ०१:०९ खबर संवाददाता

काठमाडौं: कोरोनाविरुद्धको खोप कसले लगाउने र कसले नलगाउने भन्ने अन्योल रहेको छ। यो अन्योल हटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रयास गरेको छ। 

१८ वर्षभन्दा कम उमेरका व्यक्तिले कोरोनाविरुद्धको खोप लगाउनु हुँदैन। यो भन्दा कम उमेर समूहलाई लक्षित गरेर खोप बनिसकेको छैन। 

खोपको पहिलो मात्रा लगाएपछि एनाफाइलेक्सिस् प्रतिक्रिया (गम्भीर एलर्जी) भएको व्यक्तिले पनि दोस्रो डोज खोप लगाउनु नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

हाल गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको व्यक्तिले निको नहुन्जेल कोभिडविरुद्धको खोप लगाउनु हुँदैन। 

कोभिड–१९ को लागि Monoclonal antibodies वा Convalescent plasma उपचार विधि अपनाएकाले कम्तीमा ९० दिन अगािड  खोप लगाउन मिल्दैन। 

यस्तै कोरोना संक्रमितले संक्रमणमुक्त भएको ३० दिनपछि मात्रै खोप लगाउनुपर्ने स्वास्थ्य मन्त्रालयले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस