सुदूर नेपाललाई विश्वसँग जोड्दै

खोलामा बाढी आएपछि अछाममा निर्माणाधिन पुल भत्कियो

२०७८ असार २९, ०६:१४ खबर संवाददाता

अछाम: लगातारको वर्षाका कारण पानीको बहाव बढेपछि अछाममा एक निर्माणाधिन पक्की पुल भत्किएको छ। सेती लोकमार्ग अन्तरगत वैद्यनाथधाम नजिकै पर्ने लुंग्रेलीगाडमा निर्माण भइरहेको पुल भत्किएको हो।

२०७७ चैत्र २० मा सम्पन्न गर्ने गरी २०७५ असार २१ गते स्वाँर कन्ट्रक्सन प्रालिले उक्त पुलको सम्झौता गरेको थियो। कन्ट्रक्सनले ४ करोड १६ लाख ७४ हजार ५ सय ७२ मुल्य अभिबृद्धि करसहितको लागतमा पुल निर्माणको जिम्मा पाएको थियो।

तर समयमै पुल निर्माण हुन नसक्दा खोलामा बाढी आएपछि मंगलबार उक्त पुल भत्किएको छ। निर्माण कम्पनीले भने जग्गा विवाद र कोरोनाको कहरका कारण समयमै पुल निर्माण गर्न नसकिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस