सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर घर भएका प्रहरी जवान एक महिनादेखि बेपत्ता, खोजीका लागि कुकुर प्रयोग

२०७८ असार २९, ०२:५९ खबर संवाददाता

धनगढी: कञ्चनपुर घइ भई गोरखाका कार्यरत प्रहरी जवान मोहनसिंह कुँवर बेपत्ता भएको एक महिना भएको छ। सामागाउँ प्रहरी चौकीमा कार्यरत उनी गत असार १ गतेदेखि सम्पर्कविहीन बनेका थिए। 

प्रहरी जवानको खोजीका लागि प्रदेशबाट सहायक प्रहरी निरीक्षकको कमाण्डमा सातजनाको टोली कुकुरसहित खटिएको छ। टोलीले वेपत्ता भएको ठाउँ तातोपानीदेखि जगत आसपासको क्षेत्रको सोमबारदेखि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

कञ्चनपुरकाे बेदकोट नगरपालिका–२ घर भएका कुँवर कार्यक्षेत्र जाने क्रममा असार १ गते धार्चे गाउँपालिका वडा नम्बर ३ र १ आसपासबाट सम्पर्कविहीन भएका थिए।

प्रहरी जवान मोहनसिंह कुवँर बहिनीको बिहे भन्दै घर बिदामा गएर फर्कने क्रममा बेपत्ता भएका थिए। असार १ गते उनी खोर्लाबेसीसम्म पुगेको स्थानीयले भेटेको बताएका थिए। 

कमेन्ट लोड गर्नुस