सुदूर नेपाललाई विश्वसँग जोड्दै

१२ केजी बुद्धचित्तसहित ४ जना पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७८ असार २९, ०६:२० खबर संवाददाता

रामेछापः बुद्धचित्तसहित चारजना पक्राउ परेका छन्। रामेछापको खाँडादेवी गाउँपालिका–१ स्थित खैरेनीघाट पुलबाट १२ केजी बुद्धचित्तसहित चारजनालाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काभ्रेको तिमाल गाउँपालिका–९ का ३८ वर्षीय डुप्साङ्ग थोकर, ३१ वर्षीय धिरज तामाङ, ३५ वर्षीय रबिन लामा र २९ वर्षीय जगत तामाङ रहेका छन्।

पक्राउ परेकाहरुलाई बरामद बुद्धचित्तसहित आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय रामेछापमा बुझाएको प्रहरीले जनाएको छ। 


 

कमेन्ट लोड गर्नुस