सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप दुई हजार ३७० मा कोरोना सङ्क्रमण

२०७८ असार २८, १०:४४ रासस

काठमाडौँ: देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ३७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय सात हजार ६८९ पिसिआर परीक्षणमा एक हजार ६९० र तीन हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी जम्मा दुई हजार ३७० जनामा कोरोना भाइरस पुष्टि भएको हो। आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या छ लाख ५७ हजार १३९ पुगेको छ । त्यस्तै पछिल्लो समय थप एक हजार १३३ जना निको भएका छन्।

योसँगै निको हुनेको सङ्ख्या छ लाख २१ हजार २७ पुगेको छ । निको हुने दर भने ९४ दशमलव ५ प्रतिशत रहेको छ । अहिले देशभर २६ हजार ७१२ सक्रिय सङ्क्रमित छन्। यसमध्ये २३ हजार ९४७ जना होम आइसोलेशनमा रहेका छन् भने दुई हजार ७६५ संस्थागत आइसोलेशनमा छन्।

कोरोनाका बिरामीमध्ये ५४९ जनाको आइसियु र १६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। हालसम्म नेपालमा ३४ लाख २३ हजार १६४ को पिसिआर विधिबाट परीक्षण भएको छ । त्यस्तै पछिल्लो समय कोरोनाका कारण १८ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नौ हजार ४०० जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस