सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली कञ्चनपुरलाई सर्किटको रुपमा विकास गरेर पर्यटक भित्र्याउन सकिने

२०७५ कार्तिक १९, ११:२७ सीताराम ओझा

सुदुरपश्चिम प्रर्यटका लागि निकै सुन्दर छ भनिरहनु पर्दैन अव । धर्तीको स्वर्ग खप्तड बडीमालिका लगायतका धेरै क्षेत्रहरुको सौन्दर्य अलौकिक छ । तर पुर्वाधार यातायात लगायतको विकासले ती क्षेत्रहरुमा पर्यटक पुराउन सकिएको छैन । तर पुर्वाधार पुगेका कैलाली कञ्चनपुरका कतिपय क्षेत्रलाई सर्किटको रुपमा विकास गर्न सकेमा यो प्रदेशमा पर्यटक भित्रिने पक्का छ । त्यसकालागि सेवासुविधा भएका स्थानहरुमा पर्यटक भित्र्याउन लाग्नुपर्ने देखिएको छ । पुर्वाधार पुगेका कैलाली कञ्चनपुरलाई सर्किटको रुपमा विकास गरेर सुदुरपश्चिमको पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना रहेको छ । दुवै जिल्लामा रहेका पर्यटकीय क्षेत्रहरु जोडेर सर्किटको रुपमा लैजान सकेमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन सकिन्छ । त्यसका लागि सुदुरपश्चिम प्रदेशका दुवै जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको पहिचान गर्दै एउटा सर्किटको रुपमा अगाडी वढाउन आवश्यक रहेको पर्यटन व्यवसायी परमानन्द भण्डारीले बताए।  

कैलालीको चिसापानीमा रय्फटिङ, १० महिना कर्णाली नदीमा डल्फिन अवलोकन, बीच भलिबल, क्याकको यात्रा, टीकापुर पार्कको अवलोकन हुँदै घोडाघाडी पर्या पर्यटनलाई सर्किटको रुपमा जोडेर यी क्षेत्रहरुको विकास गर्न सकिन्छ । कैलालीमै रहेका शिवपुरी धाम, गोदावरी वेहडाबाबा लगायतलाई समेटेर कैलाली सर्किटका रुपमा विकास गर्न सकेमा नेपाल भ्रमण बर्ष २०२० मा नेपाल आउने केही विदेशी पर्यटक र ठुलो संख्यामा आन्तरिक पर्यटक ल्याउन सकिने टीकापुरका पर्यटन व्यवसायी धर्क शाहले बताए। कैलालीका ती धार्मिक तथा पर्यटकीय क्षेत्रसँगै कञ्चनपुरका पनि केही ठाउँ जोडेर दुवै जिल्लाको पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । कञ्चनपुरका शुक्लाफाँटा, चाँदनी दोधाराको पुल, लिंगा, वेतकोट ताल सिद्धबाबा मन्दिर, भम्केनी धामलाई समेटेर सर्किट वनाउन सकिने पर्यटनकर्मीहरु वताउँछन् । दुवै जिल्लाका यस्ता धार्मिक तथा पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन गर्न सकेमा पर्यटकहरु आउने नाटा सुदुरपश्चिमका महासचिव पदम विक्रम सिंहले बताए।

सुदुरपश्चिम प्रदेश सुन्दर रहेको छ । राज्यले पर्यटनदेखि सवै क्षेत्रमा हेप्दै आएको भनेकोमा अहिले प्रदेश सरकार वनेको छ । तर प्रदेश सरकारको ध्यान पनि ठुला र पुर्वाधार पुग्न नसकेकै क्षेत्रमा वढी केन्द्रित भएको छ । तर उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत भोजराज पाठक पर्यटन प्रवद्र्धनका लागि मन्त्रालयले लगानी गरिरहेको र आगामी दिनमा पनि लगानी वढाउने वताउँछन्। 
 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस