सुदूर नेपाललाई विश्वसँग जोड्दै

भोलिदेखि नयाँ चरणको खोप अभियान, क–कसले पाउनेछन् खोप ?

२०७८ असार २८, ०६:१२ खबर संवाददाता

काठमाडौं: मंगलबारदेखि नै कोरोनाविरुद्धको नयाँ खोप अभियान प्रारम्भ हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै नेपालका ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालय भोलिदेखि खोप अभियान सञ्चालन गर्न आग्रह गसेको छ। 

मन्त्रालयले भेरोसेल खोपको हकमा ५५ वर्ष र यो भन्दामाथिका खोपको पहिलो मात्रा लगाउन बाँकी सबै नागरिक, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकहरु, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुलाई लगाइने जनाइएको छ।

त्यस्तै अमेरिकाबाट आएको जोन्सन एण्ड जोन्सन खोप भने ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका कोभिड विरुद्धको पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिक, पूर्ण तथा अति अशक्त अपाङ्गता भएका नागरिकहरु, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु तथा सरसफाइकर्मीहरु (यसअघिको अभियानमा खोप लगाउन छुटेका) लाई लगाइने छ। जसका लागि उमेर खुल्ने आधिकारिक प्रमाण बोक्नुपर्नेछ।

सार्वजनिक यातायातका चालक, सहचालकहरुले आधिकारिक परिचय पत्र र सवारी साधन नम्बर सहित व्यवसायी संघबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सूचीको आधारमा, अत्यावश्यक सेवा प्रवाह (प्रमुख जिल्ला अधिकारीले तोकेका सेवाहरु) मा संलग्न व्यक्तिहरुको हकमा आधिकारिक परिचय पत्रको आधारमा तथा विश्वविद्यालय तथा विद्यालयको शिक्षक एवं कर्मचारीहरुको हकमा सम्बन्धित संस्थाको आधिकारिक परिचय पत्रको आधारमा खोप लगाउन पाइने छ।

कमेन्ट लोड गर्नुस