सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठको मुल्य बढेपछि छुटपुर्जीका ४१ फाईल फिर्ता

२०७५ कार्तिक १९, ११:१४

काठको मुल्य बढेपछि बन डिभिजन कार्यालय कैलालीले महिनौ पुराना छुटपुर्जीका ४१ फाईल बाह्वन साझेदारी वनलाई फिर्ता गरेको छ। काठको पुरानो मुल्य तिरेर छुटपुर्जी मात्रै बाँकी रहेका बेला काठको मुल्य बढेपछि बन डिभिजनले ४१ वटा उपभोक्ताका फाईल बाह्वनलाई फिर्ता पठाएको हो। काठको मुल्य बृद्धिको निर्णय असोज २८ गतेदेखि लागु भएपछि काठ खरिदका लागि त्यसअघि नै रकम तिरिसकेका उपभोक्ताको छुटपुर्जीको फाईल वन डिभिजनले फिर्ता पठाएको हो। असोज २८ गतेदेखि सालको काठमा प्रति क्युफिट २ सयका दरले वृद्धि भएपछि २८ गते भन्दा अगाडी नै रकम तिरिसकेका उपभोक्तालाई पनि बढेको मुल्यमा काठ खरिद गर्नुपर्ने भन्दै वन डिभिजनले फाईनल  फिर्ता पठाएको हो।

काठको मुल्य बढ्नु भन्दा ८ दिन अगाडी नै काठ खरिदका लागि रकम तिरिसकेका धनगढीका पुष्प जोशीले काठको मुल्य बढेपछि वन डिभिजनले छुटपुर्जी दिन नमानेको बताए । २८ गतेपछि मात्रै काठको मुल्य बढाउन पर्ने कानुनी प्रावधान भएपनि वन डिभिजन कार्यालय कैलालीले त्यस अगाडी नै काठ खरिदका लागि रकम जग्गा गरिसकेका उपभोक्ताबाट पनि थप मुल्य असुल्न खोजेको आरोप उनको छ। ४१ जनाका फाईल जिल्ला वनले फिर्ता पठाएपछि वनका कर्मचारीले उपभोक्ताबाट रकम असुल्न खोजेको आरोप पनि लागेको छ। 

बाह्वन साझेदारी वनले पनि २८ गतेपछि काठ खरिदका लागि प्रक्रिया थालेका उपभोक्ताबाट मात्रै बढेको मुल्य लिन पाउने भएपनि जिल्ला वनले गलत नियत देखाएको बताएको छ। यता वन डिभिजन कार्यालय कैलालीका प्रमुख अमर बुलनले ४१ फाईल फिर्ता भएको स्वीकार्दै २८ गते अगाडी काठको मुल्य तिरिसकेका तर छुटपुर्जी दिन बाँकी रहेको अवस्थामा बढेको मुल्य लिने छलफल भएको स्वीकारे। उनले नियमले २८ गतेपछि मात्रै मुल्य बढाउन पाउने भएपछि वन डिभिजनले छुटपुर्जी बाँकी रहेमा सबैबाट थप मुल्य लिने सहमति गरेको दावी गरे। उनले उपभोक्ताहरुले असन्तुिष्ट जनाएकोले छलफल गरेर टुङगोमा लगाउने बताए।

 

कमेन्ट लोड गर्नुस