सुदूर नेपाललाई विश्वसँग जोड्दै

भरतपुरमा भेटियो डेल्टा भेरियन्ट

२०७८ असार २८, ०५:१२ रासस

भरतपुरः भरतपुरमा कोरोना भाइरस– १९ को ‘डेल्टा भेरियन्ट’ फेला परेको छ । भरतपुर अस्पतालले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएकामध्ये दुई  नमूनामा नयाँ भरियन्ट पत्ता लागेको हो।

सो अस्पतालका प्रयोगशालामा पोजेटिभ देखिएका पाँच नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएको थियो  अस्पतालले आज एक विज्ञप्ति प्रकाशित गरी यसरी पठाइएका नमूना मध्ये दुई नमूनामा डेल्टा ९द्य।ज्ञ।टज्ञठ।द्द(ष्पिभ० प्रमाणित भएको जनाएको छ।

अस्पतालका कोभिड क्लिनिकल कोअर्डिनेटर डा प्रमोद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा यसरी पठाइएका नमूना भरतपुर महानगरपालिकाभित्रका भएको जनाइएको छ । कोरोनाको पहिलो लहरको अल्फा भेरियन्टभन्दा कोरोनाको डेल्टा भेरियन्ट बढी सङ्क्रामक रहेको विभिन्न अनुसन्धानले पुष्टि गरेको वरिष्ठ कन्सल्टेन्ट फिजिसियनसमेत रहनुभएका उनले जानकारी दिए।

डेल्टा भेरियन्टले बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका व्यक्तिलाई उच्च सङ्क्रमण गर्ने र फोक्सोमा बढी असर पार्नसक्ने क्षमता भएको विज्ञले बताएका छन् । विज्ञप्तिमा सम्पूर्ण नागरिकलाई त्रसित नभई उच्च सतर्कताका साथ जनस्वास्थ्यका मापदण्ड पालना गर्न अपिलसमेत गरिएको छ।

कमेन्ट लोड गर्नुस