सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका पर्यटन व्यवसायी बमलाई युवा प्रतिभा सम्मान

२०७८ असार २८, ०४:०० खबर संवाददाता

धनगढी : धनगढीका पर्यटन व्यवसायी दीपक बम योगेन्द्रलाई युवा प्रतिभा सम्मान प्रदान गरिएको छ। प्रदेश युवा परिषद्ले धनगढीसहित सुदूरपश्चिम प्रदेशमा सक्रिय पर्यटन व्यवसायी बमलाई सम्मान प्रदान गरेको हो।

उनले खप्तड, बडिमालिकालगायतका पर्यटकीय गन्तव्यमा पर्यटन प्रवद्र्धनका लागि हेली टूर प्याकेज सञ्चालन गरेका थिए भने अन्य पर्यटकीय क्षेत्रको विकास लागि उनी सक्रिय छन्। 

उनलाई मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकास मन्त्री लाल बहादुर खड्का र सामाजिक विकास राज्य मन्त्री मना साउदले नगदसहित दोसल्ला र कदर पत्र प्रदान गरेर सम्मान गरे। 

प्रदेश युवा परिषद्ले सुदूरपश्चिम प्रदेशको प्रदेश युवा परिषद्ले ८ जना युवाहरूलाई सम्मान गरेको हो।

बमसंगै शरीरका बिभिन्न ७ अङ्गले लेख्नसक्ने मनोजकुमार चन्द, खेलाडी प्रकाश चन्द, व्यवसायी मानसिंह साउँद, लागूपदार्थ तथा दुब्र्यसनीमा रहेका युवाहरूलाई पुनर्स्थापना गर्दै आएका कल्पिस कुँवर, पर्यटन व्यवसायी योगेन्द्र बम, आदर्श युवा क्लब, वन्य जन्तुको खोज र वातावरण संरक्षणमा केन्दीत धिरेन्द्र चन्द र विश्व कीर्तिमानी मुकेश जोशीलाई सम्मान गरिएको युवा परिषद् सुदूरपश्चिमका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले बताए।

कमेन्ट लोड गर्नुस