सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्वोच्चको निर्णय पालना गर्छौ: प्रदिप ज्ञवाली

२०७८ असार २८, ०२:५६ खबर संवाददाता

काठमाडौं: नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले सर्वोच्च अदालतको निर्णयलाई पालना गर्ने बताएका छन्। 

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्न  र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने फैसला गरेपछि उनले भने, ‘अदालतको पछिल्लो फैसलाले  कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको शक्ति सन्तुलन खल्बल्याएको छ। तर पनि हामी निर्णय मान्छौं।'

अदालतको निर्णयबारे अब कसरी अघि बढ्ने भन्नेबारे  पार्टीमा गम्भीर छलफल गरेर धारणा सार्वजनिक गर्ने उनको भनाइ छ। अदालतको फैसलाले बहुदलीय प्रणाली र दलहरूको भूमिकामा समेत प्रश्न उठाएको बताए। 

कमेन्ट लोड गर्नुस