सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थल स्तरोन्नतिको निर्माणको काम सुरु

२०७५ कार्तिक १८, ०६:५४ सीताराम ओझा

धनगढी विमानस्थलमा अधिग्रहण गरिएको जमीनमा स्तरोन्नतिको काम सुरु भएको छ । वर्षातको समयमा जग्गामा पानी जमेकै कारण रोकिएको काम सुरु भएको हो  । तारवार र बाटो निर्माणको काम एक महिनामा सम्पन्न गर्ने निर्माण कम्पनीको दावी रहेको छ । अहिलेसम्म आधा काम सकिएकोले वाँकी काम पनि एक महिनाभित्रै सक्ने लक्ष्य निर्माण कम्पनीको दावी रहेको छ । झण्डै दुई वर्ष लगाएर जग्गा अधिग्रहण गरिएपछि धनगढी विमानस्थलमा रात्रीकालीन उडानका लागि र कम भिजिविलीटीमा पनि जहाज उडान र अवतरण गर्नका लागि उपकरण जडानको लागि आवश्यक जग्गामा रोकिएको भरान र तारवारको काम सुरु हुन नसकेको हो । वर्षातको समयमा पानी परेर जग्गामा भरिएपछि रोकिएको माटो भरानको काम र तारवारको काम अहिले आएर सुरु भएको धनगढी विमानस्थल प्रमुख छवि ठकुल्लाले बताए ।

 

जग्गा अधिग्रहण भएपछि धनगढी विमानस्थलमा रात्रीकालीन र कम भिजिबिलिटीमा उडान भर्न सकिने दिशा निर्देशक भीओर र दुरी सूचक यन्त्र डिएमई जडान गरिनेछ । विमानस्थलमा भीओआर डिएमई नामक उपकरण जडान भएपछि दिउँसो सामान्य तुवालोमा पनि विमान उडान र अवतरण गर्न सकिने छ भने एप्रोच लाईट जडान भएसँगै रात्रीकालीन अवतरण र उडान भर्न सकिने छ । अधिग्रहण गरिएको जग्गामा तारवार, वाटो निर्माण गर्दै ग्राबेल लगायतको काम आधा सकिएको  निर्माण व्यवसायी हरि भट्टले बताए । जापान सहयोग नियोग जाईकाले उपकरण जडानका लागि जापानमै निर्माणको काम जारी राखेका वेला अवको एक महिनामा अधिग्रहण गरिएको जग्गामा उपकरण जडानका लागि तयार हुनेछ । पुस मसान्तसम्मको निर्माण अवधि रहेकोमा त्यो भन्दा पहिल्यै नै काम सम्पन्न गर्ने निर्माण व्यवसायी भट्टको भनाई छ । अवको सात महिनामा धनगढी विमानस्थलवाट भिओआर डिएमई नामक उपकरण जडान सम्पन्न गर्ने लक्ष्य नेपाल नागरिक उडड्यन प्राधिकरणले राखेको छ । 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस