सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषिबाटै समृद्धीको योजना बनाउने सरकार मल व्यवस्था गर्न पनि असफल

२०७५ कार्तिक १८, ०६:५० कमल सावद

हिउदे वाली लगाउने बेला सुदूरपश्चिममा रसायनिक मलको चरम अभाव भएपछि पनि प्रदेश सरकार मौन बसेको भन्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा नाराबाजी गर्दै किसानहरु, कृषिमा आधुनिकरणको नारा बोक्दै आएको सुदूरपश्चिम सरकार र स्थानीय तहहरु अहिले किसानलाई आवश्यक परेको बेला मल अभाव हुँदा मौन छन्। सुदूरपश्चिम प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पनि किसानहरुको समस्या समाधानका लागि पहल गरेको छैन्।  कैलारी गाँउपालिका वडा १ निम्नप्रसाद चौधरीले सहकारीहरुले कृषि सामाग्रीबाट मल नपाएको बताए। उलने भैरवामा मल भएको आस्वासन दिने गरेको बताए। उनले एक सहकारीलाई २० कुन्टल मात्र मल दिने गरेको सुनाए। किसानहरुले सहकारीलाई घेराउ गरिरहेका छौ, किसानहरुको सिजना हुन्छ, ढिलो भए तोरी हुन्न उनले भने।  धनगढीमा रहेको साल्ट ट्रेडिङ कर्पाेरेशनसंग मलको मौज्जात छैन भने कृषि सामाग्री कम्पिनिले पनि विरगञ्जबाट मल ल्याउन सकेको छैन्। किसानलाई समयमा रासायनिक मलको अभाव हुन नदिने र किसानले धानको समेत उचित मुल्य पाउने बताउदै आएको प्रदेश सरकार किसानलाई समयमै मल उपलव्ध गराउन असफल भएको छ। 

सुदूरपश्चिमा आवस्यक मल नआएकाले किसानलाई समस्या भएको हो। डुवानीमा समेत समस्या छ भन्छन, किसान फुलकुमारी रानाले भनिन्,–मल कृषि सामाग्रीमा हुदैन। किसानले मल पाएकै छैनन्। किसान हैरान भएका छन। प्रत्येक बर्ष सुदूरपश्चिममा मागको आधा पनि रासायनिक मल आउँदैनन्। नेताहरुले किसानहरुलाई मलको अभाव कहिल्यै हुन नदिने भन्दै डम्फु बजाउँछन तर सधैका बर्षमा सुदूरपश्चिमका किसानहरुले मलको अभाव बेहोर्न परिरहेको छ। कृषिबाट समृद्धि सम्भाव छ भन्छौ। किसानले मल नै पाउदैनन। कसरी समृद्धि हुन्छ ? किसान ओमप्रसाद शर्माले भने। उनले भैरहवाबाट मल नआएको भन्दै झारा टार्ने काम मात्र भएको बताए। किसानलाई आवस्यक पर्ने बेला मलको अभाव छ, ठेक्केदारहरुको कमिसानका कारण हामी चेपुवामा त परेका हैनौ? उनले संका गर्दै भने। उनले थपे, किसानले स्वःविवेक प्रयोग गरेर उत्पादन गरेको बालीहरुमा समेत मलको अभाव छ, कसरी सम्वृद्ध हुन्छ देश ? किसान कृष्णबहादुर खत्रीले भने– मल वितरणको प्रणलिमा समेत सुधार गर्नुपर्छ। स्थानीय तहका कैलालीमा एक सय २६ वडा छन। सहकारीलाई समेत व्यवस्थापन गर्न आवश्यक छ। उनले भने। सुदूरपश्चिम प्रदेशमा रसायनिक मलको ढुवानी पाएका कम्पनिहरुले मल ढुवानीमा लापरबाही गरेको दावी कृषि सामाग्री कम्पनी लिमिटेडको छ। कृषि सामाग्री कम्पनि लिमिटेडका धनगढी प्रमुख दुर्गा पाण्डेले प्रत्येक बर्ष किसानलाई मल आवस्यक पर्ने समयमा मलको अभाव हुदै आएको बताए। २ सय ४७ सहरकारी मार्फत कैलालीमा मल बितरण भैरहेको छ। मल  आपुर्ति हुदैन। मैले सधै केन्द्रलाई भन्ने गरेको छु तर मल नै कम आउछ, उनले भने। मलको माग बढि छ आपुर्ति कम छ सबै सहकारीबाट मलको माग छ कसरी हुन्छ उनले भने सात सय ६० टन डिएपी र  तीन सय ६१ टन युरिया आएको छ कार्तिक ४ गते देखी आज सम्म। अझै माग धेरै छ।

वर्षेनि मलको अभाव हुने गरेपनि मलको व्यवस्थापनका लागि प्रदेश सरकार असफल छ। कार्तिकको पहिलो हप्ता देखी कैलालीमा दुई सय ४७ सहकारी मार्फत मल वितरण हुदै आएको छ। सुदूरपश्चिम प्रदेशमा दुई हजार ५ सय मेट्रिक टन डिएपि र पाँच हजार मेट्रिक टन युरीया आश्यक पर्ने गरेको छ। तर त्यसको आधा पनि किसानहरुले पाएका छैनन्। खेतीपातीको  समयमा मल अभाव भएपछि किसानहरु उत्पादन घट्ने चिन्तामा छन्। यता भुमि व्यवस्था, कृषि तथा सहरकारी मन्त्रि विनितादेवी चौधरीले रासायनिक मलको व्यवस्थापनमा मन्त्रालय जिम्येवार रहेको बताईन्। उनले, सहकारीहरुले समेत मल बितरणमा जिम्मेवारी बहन गर्नु पर्ने बताईन। प्रदेश मन्त्रालयले स्वयम भैरवाबाट मल ढुवानी गर्न तयार रहेको मन्त्री चौधरीले बताईन। कृषिमा आधुनिकीकरणको डम्फु बजाईरहेको प्रदेश र स्थानीय सरकार किसानलाई आवश्यक मल व्यवस्था गर्न पनि असफल भएका छन्। रसायनिक मलको आपुर्तिमा देखिएको समस्या समाधान गर्न नसक्दा अहिले सुदूरपश्चिममा मलको चरम अभाव छ। हुन त मलको खरिद र विक्रीको जिम्मेवारी संघीय सरकारको मातहतमा रहेका कार्यालय कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कार्यालयको हो। तर मलको अभाव भएर किसानहरुलाई हिउँदे खेतीमै समस्यामा हुँदा समेत प्रदेश र स्थानीयले कुनै पहल गरेका छैनन् ।  

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस