सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव

२०७८ असार २७, ०५:३६ रासस

जुम्लाः जुम्लाको हिमा गाउँपालिका– ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र चार वर्षदेखि चिकित्सकविहीन छ । चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुले जनाएको छ। 

चार वर्षदेखि मेडिकल अधिकृतको दरबन्दी रिक्त रहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द भण्डारीले बताए। उनले भने, “२०७५ जेठ महिनादेखि डा रत्नवीर सुनार अध्ययन बिदामा गएदेखि दरबन्दी रिक्त छ।” स्वास्थ्य केन्द्रमा औषधि प्रयाप्त मात्रामा छ। आकस्मिक सेवा पनि २४सै घण्टा प्रवाह हुने गरेको छ । स्वास्थ्य केन्द्रको उन्नति र प्रगतिका लागि सबै कर्मचारीको साथ सहयोग रहेको भण्डारीले बताए। 
    
सिनियर अनमी मेनुका देवकोटाले दुई वर्षदेखि सुरक्षित गर्भपतन सेवा प्रवाह नभएको बताए। गर्भपतन गराउने आएपछि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिफारिस गर्ने गरिएको देवकोटाले जानकारी दिए। 

अघिल्लो वर्ष ८४ सुत्केरीले स्वास्थ्य संस्थाबाट सेवा लिएका छन्। यस वर्ष ७८ ले सेवा लिएका छन् । यहाँ एक दिनमा १५ देखि २५ को हाराहारीमा बिरामी सेवा लिन आउँछन्। सबैभन्दा बढी झाडापखाला, सामान्य रुघाखोकीका बिरामी छन्। अहिले प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुमा ११ कर्मचारी छन्। 

कमेन्ट लोड गर्नुस