कञ्चनपुरको वृद्धाश्रममा पानी पस्यो

२०७८ असार २७, ०५:०२
कञ्चनपुर: आइतबार बिहानैदेखि भएको वर्षाका कारण कञ्चनपुरकाे एक वृद्धाश्रम डुबानमा परेको छ। भीमदत्त नगरपालिका–५ मा बनखेतमा रहेको महिला तथा वृद्धसेवा केन्द्र वृद्धाश्रममा नालाको पानी पसेपछि करिब साढे ३ लाख बराबरको क्षति भएको संचालिका शारदा चन्दले जानकारी बताएकी छिन्।
अहिले वृद्धाश्रम आश्रय लिइरहेकाहरुको बिचल्ली भएको उनले बताइन्। साथै संचालिका चन्दले सहयोग लागि सबैमा आग्रह गरेकी छिन्।


कमेन्ट लोड गर्नुस