सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजश्व छल्न खोज्ने पक्राउ

। फोटो स्रोत ।
२०७५ कार्तिक १८, ०३:२३ खबर संवाददाता

सशस्त्र प्रहरी बल, भन्सार राजश्व सुरक्षा गुल्म वीरगञ्जले भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याइरहेको रु तीन लाख सात हजार ५ सय ५० बराबरको सामान बरामद भएको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काको नेतृत्वमा खटेको गस्ती टोलीले वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती क्षेत्रबाट ना १ ह ५३५४नम्बरको इ–रिक्सामा लत्ताकपडा, स्टिलका भाँडावर्तन, प्लास्टिकका झोलालगायत सामान बरामद गरेको हो। सो प्रकरणमा छपकैया बस्ने ४१ वर्षीय सफिक अन्सारी समेतलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ। सशस्त्र प्रहरी बल भन्सार राजश्व सुरक्षा गुल्म वीरगञ्जले चालू आर्थिक वर्षको साउनदेखि हालसम्म चोरी तस्करीका करीब रु दुई करोड मूल्य बराबरको सामान बरामद गरेको जनाइएको छ।

रासस

कमेन्ट लोड गर्नुस