सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा पहिरोले एक घर पुरियो, चार परिवार विस्थापित

२०७८ असार २७, ०३:४१ खबर संवाददाता

बैतडी: लगातारको बर्षाका कारण बैतडीमा एक घर पुरिएको छ। दोगडाकेदार गाउँपालिका ८ बुङाधारका सेरुवा कामी र धने कामीकाे घर पुरिएको हाे।

शनिबार घरमाथिबाट खसेको पहिरोले घर पुरिएकाे स्थानीय गणेश पार्कीले बताए। रातीको समयमा घरमा पहिरो खसेपछि कोठामा सुतीरहेका धने कामी र रोशन पार्की समान्य घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ। राती नै स्थानीयहरुको सहयोगमा उनीहरुलाई छिमेकीको घरमा सारिएको छ।

यस्तै घरमाथिबाट खसेको पहिरोले जय पार्की र रमे पार्कीको घर पनि जोखिममा परेको छ। उनीहरुलाई पनि छिमेकीको घरमा सारिएको पार्कीले बताए। 

यस्तै पहिरोका कारण दोगडाकेदार गाउँपालिका ८को बल्लेखोला, ओसइल र कालापानी बस्ती पनि जोखिममा परेको छ। सो ठाउँमा पहिलादेखि नै पहिरोको समस्या रहेको र लगातारको बर्षाले फेरी पहिरो खस्न थालेको स्थानीयहरुले बताएका छन् । 

कमेन्ट लोड गर्नुस