सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा बाढीले खेत बगाएर बगर बनायो, किसानहरु चिन्तित

२०७८ असार २७, १२:३८ खबर संवाददाता

बैतडीः बैतडीमा बाढीले खेत बगाएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका २ घमालीमा बाढीले स्थानीयहरुको खेत बगाएको हो।

गएरातीदेखि भएको बर्षाले ढिकगाड नदी र भकुण्डे खोलामा आएको बाढीले खेत बगाएको स्थानीय जनकबहादुर कार्कीले जानकारी दिए। धान रोपेको खेत बाढीले मासिदिएको उनले बताए।

घमालीका करीब ३० परिवारको धान रोपेको खेत बाढीले बगरमा परिणत गरेको स्थानीयको भनाई छ। यस्तै बाढीले चारओटा पानीघट्ट पनि बगाएको छ। बाढीले खेत बगाएर बगरमा परिणत गरेपछि स्थानीय किसानहरु चिन्तित बनेका छन्।

बर्षा नरोकिएकाले नदीमा बाढी आउने क्रम जारी रहेको छ। 

कमेन्ट लोड गर्नुस