सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

२०७८ असार २७, १२:३६ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ। आइतबार बिहान चट्याङ लागेर भीमदत्त नगरपालिका–९ मटैनाका लागि ५३ वर्षीय पुरुष बीर महराको मृत्यु भएको प्रहरीले जनाएको छ। 

यस्तै चट्याङ लागेर १८ वर्षीय लाल सिंह महरा घाइते भएका छन्। उनको महाकाली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले बताए। 

कमेन्ट लोड गर्नुस